Comments Add Comment

महोत्तरीमा डुबेर दुई जना बालबालिकाको मृत्यु

२ भदौ, जनकपरधाम । महोत्तरीमा पोखरीमा डुबेर दुई जना बालबालिकाको मृत्यु भएको छ । बलवा नगरपालिकामा एकजना बालकको र गौशाला नगरपालिकामा एकजना बालिकाको पोखरीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार बलवा नगरपालिका-१० धमौरा बस्ने रबीन्द्र ठाकुरका ९ वर्षीय छोरा राहुलको घर छेउको पोखरीमा डुबेर मृत्यु भएको छ । नुहाउन गएका उनको डुबेर मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

यस्तै, गौशाला नगरपालिका ४ बिर्ता बस्ने अर्जुन राउत कुर्मीका ५ वर्षीया छोरी निसानीको घर नजिकै रहेको पोखारीमा डुबेर मृत्यु भएको छ । यी बालिका पनि नुहाउन जाँदा डुबेको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।

मृत्यु भएका दुबैको शवको जिल्ला अस्पताल जलेश्वरमा पोष्टमार्टम गरी परिवारजनलाई बुझाइसकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment