Comments Add Comment

पाकिस्तानविरुद्धको टि-२० सिरिजका लागि इंग्ल्याण्डको टोली घोषणा

३ भदौ, काठमाडौं । पाकिस्तानविरुद्धको टि-२० सिरिजका लागि आयन मोर्गनको कप्तानीमा १४ सदस्यीय इंग्ल्याण्डको टोली घोषणा भएको छ । पाकिस्तानविरुद्ध टेष्ट खेलाडीहरुलाई बाहिर राख्दै अन्य खेलाडीलाई टिममा अवसर दिइएको छ ।

टिमको उपकप्तानमा मोइल अली रहेका छन् । टिममा कुनै नयाँ खेलाडीहरु छैनन् । तर टम बान्टन, जोए डेन्ली, सकिव महमुद र लेविस ग्रेगोरि जस्ता खेलाडीलाई प्रमाणित गर्ने अवसर रहेको छ ।

यस्तै मोर्गनसँगै जोनी बेयर्स्टोव, मोइन अली, क्रिस जोर्डन, एदिल रसिद, ज्यासन रोए, डेविड विली जस्ता खेलाडी पनि टिममा छन् । अन्य खेलाडीमा साम कारन, डेविड मालान, साम बिलिङ्स छन् ।

प्याट ब्रोन, लायम लिभिङस्टोन र रिस टोपले रिजर्भको रुपमा छन् ।

इंग्ल्याण्ड र पाकिस्तानबीच तीन खेलको टि-२० सिरिज अगष्ट २८ देखि ओल्डट्राफोर्डमा सुरु हुनेछ । सिरिज सेप्टेम्बर १ मा सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment