+
+
Shares

सरकारले प्रेस काउन्सिललाई गुटगत प्रचार गोटी बनाउन खोज्यो : कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ३ गते १२:१०

३ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रेस काउन्सिलमा कार्यबाहक अध्यक्ष नियुक्तिको विरोध गरेको छ ।

सञ्चार मन्त्रालयले आइतबार दुर्गा भण्डारीलाई काउन्सिलको सदस्य नियुक्त गरेको थियो भने भोलिपल्ट काउन्सिलको नियमावली संंशोधन गर्दै भण्डारीलाई कार्यबाहक तोकेको थियो । नियमावली संंशोधन गर्नुअघि अध्यक्ष नभएको अवस्थामा काउन्सिलकै सदस्यहरुले वरिष्ठ सदस्यलाई कार्यबाहक दिने गरेका थिए ।

जिम्मेवारीमा को थिए वा को ल्याइएको छ भन्ने आफ्नो चासो नभएको तर सरकारले काउन्सिललाई गुटगत प्रचार गोटी बचाउन खोजेको आभास भएको कांग्रेसले बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रश्न व्यक्तिको होइन विधिको हो, प्रश्न नेपाली प्रेसलाई स्वतन्त्र ढंगले कार्य गर्न सहज तुल्याउने र प्रेसलाई मर्यादित राख्न कसैको दबाव मुक्त उत्प्रेरणाको कार्य गर्ने थलोको हो ।’

उनले अघि भनेका छन्, ‘सरकारले ठाडै हस्तक्षेपमार्फत काउन्सिललाई नेकपा, त्यहाँभित्र प्रधानमन्त्री निकट गुट, अझ त्यहाँ भित्रपनि केही निश्चित व्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति नेपाली कांग्रेसको प्रष्ट विमती छ ।’

साथै सरकार नियन्त्रित प्रेसको बोटामा रहेको भन्दै उसले पत्रकार महासंघ, प्रेस युनियन र अन्य सरोकारवाला संस्थाहरुसँग संवाद र सहमति बेगर गरिएका र गरिने कुनैपनि कदममा आफ्नो समर्थन नरहने कांग्रेसले प्रष्ट पारेको छ । र, सरकारले कार्यबाहक अध्यक्ष तोक्ने निर्णय फिर्ता लिन माग गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?