
३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय धादिङले भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकले भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि प्रशासनले साउन २८ गतेदेखि भदौ ३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
कोरोना भाइरस (कोभिड–१९) को महामारी समुदाय स्तरमा फैलिन सक्ने सम्भावनालाई रोकथाम तथा नियन्त्रण गर्नका लागि निषेधाज्ञा जारी गरिएको प्रशासनले बुधबार जारी गरेको सूचनामा उल्लेख छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘कालुपाण्डे मार्गको फुर्केखोलादेखि धादिङबेंसीसम्मको दायाँबायाँ क्षेत्र, नीलकण्ठ नगरपालिका वडा नम्बर २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरूमा भदौ ९ गतेसम्मका लागि निषेधाज्ञ थप गरिएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4