+
+

निषेधाज्ञा उल्लङ्घन गर्ने ११७० जना कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ४ गते १२:५६

४ भदौ, काठमाडौं । प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको अभियोगमा एक हजार १७० जना कारबाहीमा परेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरबाट निषेधाज्ञाको समयमा सडकमा निस्किएको अभियोगमा उनीहरुलाई कारबाही गरिएको हो ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलका अनुसार उनीहरुलाई दुई घन्टा सडकमा होल्ड गराएर छाडिएको छ ।

बिहीबारबाट प्रशासनले उपत्यकाका तीन जिल्लामा साता व्यापी निषेधाज्ञा लागू गरेको छ । पहिलो दिनमा विना काम निस्किएका ४१५ वटा दुई पांग्रे र एक सय ७९ वटा चार पांग्रे सवारीसाधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘सवारीसाधनको हकमा स्क्रिनिङ गर्छौं, चित्तबुझ्दो जवाफ नआए कानुनी कारबाही पनि हुनसक्छ’, पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?