Comments Add Comment

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

४ भदौ, वीरगञ्ज । कारोना भाइरसको संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोक बस्ने ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि भदौ २ गते राति नारायणी अस्पताल भर्ना भएका उनको पीसीआर परीक्षण गर्दा क्रमण पुष्टि भयो ।
त्यसपछि भदौ ३ गते बिहान अस्थायी कोरोना अस्पताल, वीरगञ्ज हेल्थकेयरमा भर्ना गरिएको उनको उपचारको क्रममा बिहीबार बेलुकी पौने ७ बजे मृत्यु भएको हो ।

साँझ ५ बजेतिरबाट स्थिति गम्भिर हुँदै गएको र हर सम्भव प्रयास गर्दा पनि बचाउन नसकिएको डा दिपक कुशवाहाले बताए ।उनका अनुसार मृतक मधुमेह, उच्च रक्तचाप, थाईराइड, क्षयरोगका विरामी थिए ।

यससँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । मृत्यु हुनेमा २४ जना पर्सा, ५ जना बारा र रौतहटका २ जना छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको वेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर हालसम्म पहिचान खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment