
६ भदौ, चितवन । चितवनको राप्ती नगरपालिका वडा नं १३ मा रिक्ती खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १२ वर्षीया सम्झना चेपाङ रहेकी छन् ।
राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आमाछोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो । खोलाले चेपाङलाई शुक्रबार दिउँसो बगाएको र राति अबेर उनको शव भेटिएको थियो ।
उनी आधारभूत विद्यालय कान्दामा कक्षा ५ मा पढ्थिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4