+
+
Shares

कोरोना संक्रमित अभियुक्त आइसोलेसनबाट फरार

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ८ गते ११:५४
आइसोलेसन सेन्टर

८ भदौ, नेपालगञ्ज । लागूऔषध मुद्दामा पक्राउ परेपछि कोरोना संक्रमण पुष्टि भएका व्यक्ति फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेले लागूऔषधसहित पक्राउ गरेका एक व्यक्ति फरार भएका हुन् ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले खजुरास्थित कृषि तालिम केन्द्रमा रहेको आइसोलेसन सेन्टरबाट थुनुवा भागेको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘उनको खोजीमा प्रहरी टोली परिचालित भइसकेको छ ।’

चार दिन अघि उनलाई केन्द्रको आइसोलेसनमा पठाइएको थियो । संक्रमित व्यक्ति भागेपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीमाथि पनि छानविन थालिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?