+
+

वीरगञ्जको कोभिड अस्पतालमा एक जनाको मृत्यु

कोरोना संक्रमण परीक्षणको रिपोर्ट आउन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ ८ गते १५:३६

८ भदौ, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित गण्डक कोभिड विशेष अस्पतालमा एक जनाको मृत्यु भएको छ ।

पर्साको सुपौली घर भएका ६८ वर्षीय पुरुषको आइतबार राति १० बजे मृत्यु भएको हो । उनको कोरोना संक्रमण परीक्षणको रिपोर्ट भने आइनसकेको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

मुटुसम्बन्धी समस्याका कारण तराई अस्पतालमा उपचारका लागि पुगेका ती वृद्धलाई आइतबार राति साढे ९ बजे गण्डक कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

तराई अस्पतालका चिकित्सक डा. रोशन कुर्मीका अनुसार गम्भीर अवस्थामा अस्पताल ल्याइएका उनलाई इमर्जेन्सी कक्षमा भर्ना गरेर उपचार शुरु गरिएको थियो ।

एक्स–रे गरेर हेर्दा दुईवटै फोक्सोमा निमोनिया देखिएको थियो । अक्सिजन दिँदा पनि अक्सिजन लेभलमा सुधार आइरहेको थिएन । अस्पतालमा बेड खाली नभएका कारण समन्वय गरेर कोभिड अस्पतालमा रिफर गरिएको तराई अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?