Comments Add Comment

अल्भारो ओड्रिओजोलाले एकै सिजन दुई क्लबबाट जिते ५ ट्रफी

८ भदौ, काठमाडौं । स्पेनिस खेलाडी अल्भारो ओड्रिओजोलाका लागि २०१९-२० को सिजन निकै फलदायी रह्यो । उनले यस सिजन दुई क्लबबाट खेले । दुवै क्लबले यस सिजन जितेको उपाधिको हिस्सेदार  बने ।

आइतबार जर्मन क्लब बायर्न म्युनिखले फ्रेन्च क्लब पीएसजीलाई पराजित गर्दै च्याम्पियन्स लिग उपाधि जित्दा ओड्रिओजोलाले सिजनको पाँचौ उपाधि जिते ।

२४ वर्षीय यी राइट ब्याक स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा बायर्न गएका थिए । उनी लिस्वनको स्टाडिओ द लुजमा मैदान त उत्रिएनन् तर उनले आफ्नो नाममा अर्को उपाधि थपे ।

२०१९-२० को सिजन उनले रियलका लागि ला लिगामा जम्मा ४ खेल खेले । रियलले जुलाईमा ला लिगाको उपाधि जित्दा उनी पनि त्यसको हिस्सेदार बने । त्यसअघि जनवरीमा रियलले स्पेनिस सुपर कपको उपाधि जित्दा कुनै खेल नखेलेका ओड्रिओजोला साउदी अरबमा उपाधि जित्दाको टिममा थिए ।

त्यसपछि उनी जनवरीमा सिजनको अन्त्यसमम्को लागि लोनमा बायर्न म्युनिख पुगे । जहाँ उनले ट्रेबल उपलब्धी हात पारे । बायर्नले बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जित्दा ओड्रिओजोलाले पनि तीनवटै उपाधि जिते ।

यसको अर्थ उनले रियल र बायर्नका लागि सिजनभरमा कूल ६१३ मिनेट मात्र मैदानमा बिताए र उनको उपाधि हिसाब गर्दा उनले हरेक १२२ मिनेटमा एक उपाधि जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment