+
+
Shares

भरतपुर अस्पतालबाट भागेका संक्रमित नुवाकोटमा पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १० गते १२:३२
सांकेतिक तस्वीर

१० भदौ, भरतपुर । चितवनको भरतपुर अस्पतालवाट भागेका १९ वर्षीय कोरोना संक्रमित  पक्राउ परेका छन् । उनलाई बुधबार विहान नुवाकोट बेलकोटगढी-५ स्थित नेपाल प्रहरीको चेकिङका क्रममा पक्राउ गरिएको हो ।

उनी साइकलमा जाँदै गर्दा पक्राउ परेका हुन् । उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्न समन्वय भइरहको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।

चोरीको  आरोपमा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?