+
+

मोरङका ६ स्थानीय तहमा एकसाता लकडाउन थपियो

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १० गते १६:१३

१० भदौ, विराटनगर । मोरङको दक्षिणी क्षेत्रका ६ वटा स्थानीय तहले लकडाउन एक साता थप गर्ने निर्णय गरेका छन् ।

मोरङको रंगेली नगरपालिकामा भएको छलफलपछि ६ वटा स्थानीय तहले बुधबारदेखि लागु हुनेगरी एकसाता अत्यावश्यक सेवाबाहेक  बजार र यातायात बन्द गर्ने निर्णय गरेका हुन्।

रतुवामाई, सुनबर्षी, रंगेली नगरपालिका, धनपालथान, कटहरी र जहदा गाउँपालिकामा एकसाता लकडाउन थप गर्ने निर्णय भएको रंगेली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीले जानकारी दिए ।

बैठकले विहान १० बजेसम्म तरकारी तथा दुग्धजन्य वस्तुको बिक्री र पसल सञ्चालनको अनुमति दिने निर्णय गरेको छ । बजार पसल खुला नगर्ने, अत्यावश्यक बाहेक सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।

प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको छलफलले कोरोना विरुद्धको अभियानमा एकअर्काे पालिकालाई सहयोग गर्दै अघि बढ्ने पनि निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?