Comments Add Comment

विराटनगरको एउटै वडामा ११९ संक्रमित, आधा संक्रमित घरमै

१० भदौ, विराटनगर । विराटनगरको एउटै वडामा कोरोना संक्रमितको संख्या ११९ पुगेको छ । समुदायमा संक्रमण फैलिएको विराटनगरको वडा नम्बर १२ मा ११९ जनामा संक्रमण पुष्टि भएको हो ।

विराटनगर महानगरपालिका जनस्वास्थ्य प्रमुख रमेश कार्कीका अनुसार बुधबारसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या ८९३ पगुेको छ । तीमध्ये आधा भन्दा बढी कोरोना संक्रमित घरमा नै बस्न बाध्य छन् । बुधबारसम्म होम आइसोलेसनमा १८२ महिलासहित ४६१ जना बसिरहेका छन् ।

विराटनगर महानगरपालिकाले दुईवटा होल्डिङ आइसोलेसन र एक होटल आइसालेसनमा १२३ कोरोना संक्रमित बसिरहेका छन् । २७८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

कुन वडामा कति संक्रमित ?

विराटनगर महानगरपालिकामा १९ वटा वडा छन् । १८ वटा वडामा कोरोना संक्रमण देखिएको छ । वडा नम्बर १९ मा संक्रमित भेटिएका छैनन् ।

विराटनगर महानगरपालिकाका अनुसार विराटनगर– १२ मा ११९ संक्रमित छन् । विराटनगर– ६ मा ८७ जना, वडा नम्बर ९ मा ७४ जना, वडा नम्बर ८ मा ६७ जना छन् । संक्रमितमध्ये ६२ जनाको ठेगाना खुलेको छैन ।

वडा नम्बर १ मा १८, २ मा ५२ जना, ३ मा ५७ जना, ४ मा २३, ५ मा ५६ र ६ मा ८७ जना संक्रमित छन् । विराटनगर–७ मा ४४, ८ मा ६७, ९ मा ७४, १० मा ३३, ११ मा ५८, १२ मा ११९, १३ मा २२ र १४ मा १६ जना संक्रमित छन् । विराटनगर १५ मा ४७, १६ मा २७ जना, १७ मा २६ जना, १८ मा ४ जना संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment