
११ भदौ, बुटवल । बुटवलमा प्लाज्मा थेरापी गरिएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा। सुदर्शन थापाले पुष्टि गरे ।
उनलाई लुम्बिनी प्रादेशिक अस्पतालकै कोरोना संक्रमणमुक्त डा। साजन श्रेष्ठले रगत दिएर प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । साउन २६ गते कोरोना पोजेटिभ देखिएकी महिला साउन ३१ गते कोरोना अस्पतालमा भर्ना भएकी थिइन् ।
उच्च रक्तचापको समस्या समेत रहेकी महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको डा। थापाले बताए ।
उनको मृत्युसँगै रुपन्देहीमा कोरोना अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ७ पुगेको छ । गए राति पनि कपिलवस्तुको तौलिहवाका ५० वर्षीया पुरुषको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4