Comments Add Comment

कञ्चनपुरमा उच्च ज्वरोका कारण पछिल्लो १० दिनमा ४ जनाको मृत्यु

११ भदौ, कैलाली । कञ्चनपुरको महाकाली नगरपालिकामा पछिल्लो १० दिनमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु भएको छ ।

‘उच्च ज्वरो आएका ८ जना हाम्रो सम्पर्कमा थिए । तीमध्ये ४ जनाको मृत्यु, भयो ४ जनाको उपचार भइरहेको छ’ स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले बताए ।

मृत्यु भएका अधिकांशलाई १ सय डिग्री भन्दा बढी ज्वरो रहेको उनले जानकारी दिए ।

स्थानीय दोधरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा आएका उनीहरुको त्यहाँ उपचार सम्भव नभएपछि महाकाली अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पताल लगिएको थियो । ‘केहीको महाकाली अस्पताल र केहीको सेती अस्पतालमा मृत्यु भएको हो’ उनले भने ‘मृत्युको कारण अझैसम्म पहिचान हुन सकेको छैन ।’

तीन दिनअघि १३ बर्षीया बालिकाको उच्च ज्वरोबाट ज्यान गएको थियो । उनलाई जापानिज इन्सिफ्लाइटिसको आशंकामा अस्पताल पठाइएका उनले जानकारी दिए । त्यसपछि त्यो लक्षण लिएर कोही नआएको उनी बताउँछन् ।

उनीहरु सबैको आन्तरिक ट्राभल हिस्ट्री भएको र कोरोनासँग लक्षण नमिलेको कारण स्वाब परीक्षण नगरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment