Comments Add Comment

परिस्कृत सुरक्षा विशेषतासहित सुपर स्प्लेन्डर नेपालमा

नेपालमा आफ्ना उत्पादनको पोर्टफोलियो अझ सबल तुल्याउँदै हिरो मोटोकर्प

११ भदौ, काठमाडौं । मोटरसाइकल तथा स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले रोमाञ्चक र सुरक्षित श्रेणीका उत्पादनप्रतिको आˆनो प्रतिबद्धता दोहोर्‍याउँदै अत्याधिक लोकपि्रय सुपर स्प्लेन्डरको नयाँ अद्यावधिक संस्करण बजारमा ल्याएको छ ।

सुपर स्प्लेन्डर अब अझ सुरक्षित र एकीकृत ब्रेक प्रणाली (आईबीएस) सहित थप सुरक्षित भएको छ । आईबीएस एक परिस्कृत सुरक्षा विशेषता हो जसले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडिको ब्रेकका बीचमा ब्रेक लाग्ने कार्यको वितरणलाई सक्षम तुल्याउँछ ।

यसले सवारी चालकका लागि सबै परिस्थितिहरूमा अतिरिक्त सुरक्षा सुनिश्चित तुल्याउँछ ।

सुपर स्प्लेन्डर अब -आईबीएस) सहित देशभरिका हिरोे मोटरसाइकलको आधिकारिक शोरूम मा रु. १,९८,००० (सेल्फ ड्रम एलोय व्हील) उपलब्ध हुनेछ ।

सुपर स्प्लेन्डर भारतको जयपुरस्थित हिरो मोटोकर्पर्को अत्याधुनिक अनुसन्धान तथा विकास केन्द्र -आरएन्डडी केन्ऽ) इनोभेसन एन्ड टेक्नोलोजी केन्ऽमा डिजाइन र विकसित गरिएको हो । यो बजार प्रवेशसँगै साथ हिरो मोटोकर्पर्र्ले आˆना ग्राहकहरूलाई पि्रमियम, उच्च-गुणस्तर र सुरक्षित उत्पादनहरू प्रदान गर्ने कुरामा आˆनो ध्यान केन्ऽित गरेको छ ।

यो बजार प्रवेशका अवसरमा टिप्पणी गर्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले भनेे, “नेपालमा हाम्रा ग्राहकहरूका लागि आईबीएसको साथ सुपर स्प्लेन्डर बजारमा ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ । सुपर स्प्लेन्डर देशको सबैभन्दा लोकपि्रय मोटरसाइकलमध्ये एक हो र यो भावना र ब्रान्डप्रतिको विश्वास यस मोटरसाइकलको लागि मात्र बढ्नेमा हामी विश्वस्त छौं, जुन अब पहिलेभन्दा सुरक्षित छ ।”

आईबीएसको साथ सुपर स्प्लेन्डर प्रदर्शन सुपर स्प्लेन्डर विश्वास, विश्वसनीयता र इन्धन दक्षताका अलावा आˆनो प्रदर्शन र टिकाउपनका सबै बक्समा चिन्हित भएर सबै ब्रान्डमा भिन्न बनेको छ । यो मोटरसाइकल एउटा एयर कुल्ड, फोर-स्ट्रोक एकल सिलिन्डर, १२४.७ सीसी ईन्जिनको साथ आउँदछ, जसले ७०० आरपीएममा ६.७२ केडब्लू -९.० बीएचपी)को अधिकतम पावर आउटपुट उत्पादन गर्छ भने ४००० आरपीएममा १०.३५ एनएमको अधिकतम टर्क उत्पादन गर्दछ ।

सवारी र नियन्त्रण सुपर स्प्लेन्डर ९० किमी प्रति घण्टाको अधिकतम गतिसम्म पुग्छ । यो पनि उपयोगिता र सुविधाहरूको श्रृंखलासँग प्याक गरिएको छ, जस्तै साइड स्ट्यान्ड इन्डिकेटर, १८ इन्च चौडा एलोय व्हील्स, आरामदायक सीट प्रोफाइल, ठूलो क्षमताको ईन्धन ट्यांकी -१३ लिटर।) र अगाडि ट्यांकीमुनि अतिरिक्त भण्डारणका लागि युटिलिटी बक्सको साथमा । भाइब्रेन्ट लुक सुपर स्प्लेन्डरले अद्वितीय शैलीको-संरचना प्रस्तुत गर्दछ र यो आधुनिक ग्राफिक्सको साथ पाँच पि्रमियम मेटालिक रंगहरूमा आउँछ-ब्लयाक विथ गे), क्यान्डी ब्लेजिङ रेड, ब्लयाक विथ रेड स्ट्राइप्स, ब्लयाक विथ भ्वाइलेट स्ट्राइप्स र एबोनी ग्रे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment