Comments Add Comment

साउनमा साढे ४ अर्बको मोबाइल फोन आयात

११ भाद्र, काठमाडौं । गत साउन महिनामा करिब साढे चार अर्ब रुपैयाँको मोवाइल फोन आयात भएको छ ।

कोरोना भाइरसको महामारी रहेकै बेला बिलासी विद्युतीय सामग्री मोबाइल धेरै आयात हुँदा औषधिको आयात भने न्युन रहेको भन्सार विभागले जनाएको छ ।

साउन महिनामा ४ लाख ७० हजार ६२१ सेट मोबाइल सेट भन्सार पास भएको थियो । यी मोवाइल खरिद गर्दा ४ अर्ब २६ करोड ४९ लाख ६६ हजार रुपैयाँ बाहिरिएको विभागले जनाएको छ । गत वर्षको साउन  महिनामा दुई अर्ब ४१ करोड रुपैयाँको मोबाइल फोन नेपाल भित्रिएको थियो । यस वर्ष मोबाइल आयात बापत सरकारले ६७ करोड ५० लाख ६६ हजार रुपैयाँ राजश्व सं‌कलन गरेको छ ।

आर्थिक वर्ष ७७/७८ को पहिलो महिनामा भित्रिएको मोबाइल गत वर्षको भन्दा अस्वाभाविक रुपमा बढी रहेको भन्सार विभागका महानिर्देशक सुमन दाहाल बताउँछन् । ‘गत आवको तुलनमा यस वर्षको आयात ७७ प्रतिशतले बढी हो,’ उनले भने ।

साउन  महिनामा औषधि भने १२ करोड १७ लाख २० हजार रुपैयाँको आयात भएको छ । यस्तै ३० करोड ७० हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment