Comments Add Comment

मुटु अस्पतालका डाक्टरसहित बुटवलमा थपिए ३५ संक्रमित

११ भदौ, बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका एक चिकित्सकसहित बुटवलमा बिहीबार मात्रै ३५ जना कोरोना भाइरस -कोभिड-१९)का संक्रमित थपिएका छन् ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहका अनुसार ३५ जना संक्रमितमध्ये एकजना मुटु अस्पतालका चिकित्सक हुन् ।

डाक्टरमा कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका बिरामी र अन्यको कन्ट्याक्ट ट्रेसिङ गरेर पीसीआर परीक्षण गर्न तथा अस्पताललाई सेनेटाइज गरी सुरक्षित बनाउन निर्देशन दिइसकेको सिंहले बताए ।

उक्त अस्पतालमा लकडाउनका अवधिमा पनि बिरामीको संख्या उल्लेख्य हुने गरेको छ । बुटवल उपमहानगरका अन्य ३५ जना कुनؘ-कुन वडाका हुन् भन्ने विवरण तयार गर्ने क्रममा रहेको उनले जानकारी दिए ।

दिउँसो ४ बजेसम्मको तथ्यांकअनुसार बुटवलमा ३५ जनासहित रुपन्देहीमा बिहीबार ७२ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment