Comments Add Comment

निषेधाज्ञाभर होम डेलिभरी सेवा नदिने कागज गरेर ८० जना रिहा

१२ भदौ, काठमाडौं । निषेधाज्ञा उल्लघंन गर्दै अनलाइनको माध्यमबाट प्रचार गरेर व्यवसाय जारी राखेको भन्दै पक्राउ परेका डेलिभरीब्वाई तथा सञ्चालकलाई प्रहरीले निषेधाज्ञा अवधिभर सेवा बन्द गर्ने कागज गराएर छाडेको छ ।

उपत्यकाका विभिन्न स्थानबाट बिहीबार दिनभरी पक्राउ परेका ८० जनालाई सेवा बन्द राख्ने कागज गराएर छोडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले अनलाइनखबरलाई बताए । ‘दिनभरी ८० जना पक्राउ परेका थिए, उनीहरुलाई कागज गरेर छोड्न आदेश गरेको छु,’ ज्ञवालीले भने, ‘भोलिदेखि निषेधाज्ञा अवधिभर उनीहरुले सेवा नगर्ने सर्त गराएको छ ।’

नियन्त्रणमा लिइएकाहरुमध्ये कति सञ्चालक थिए र कति डेलिभरीकर्ता थिए भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

संक्रमणको जोखिम बढाएको भन्दै प्रहरीले बिहीबार दिउँसो आधा दर्जन सञ्चालकसहित ८० जना डेलीभरी तथा टेक अवे सेवाका कर्मचारीलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले धरपकड गरेपछि होम डेलिभरी सेवा बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment