+
+

कोरोनाबाट १२ जनाको मृत्यु पुष्टि, २२ जना भेन्टिलेटरमा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते १८:४३

१२ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

मोरङमा २ जनाको मृत्यु भएको छ भने भक्तपर, मकवानपुर, उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, लमजुङ र रुपन्देहीमा एक-एक जनाको मृत्यु भएको हो ।

मृतकमध्ये ४ जना महिला छन् भने ८ जना पुरुष छन् । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गम्भीर संक्रमित बढे

मन्त्रालयका अनुसार देशभरमा गरी हाल २२ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । बाग्मतीमा १७, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा २ जना भेल्टिलेटरमा छन् ।

यसैगरी १६४ जना आईसीयूमा छन् । सबैभन्दा धेरै बाग्मती प्रदेशमा ८१ जना संक्रमित आईसीयूमा छन् । प्रदेश २ मा ४४, प्रदेश १ मा ४१, प्रदेश ५ मा १५ र गण्डकी प्रदेशमा ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?