+
+

होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर : विवेकशील नेपाली दल

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १३ गते १०:२८

१३ भदौ, काठमाडौं । निषेधाज्ञाको बेलामा होम डेलिभरी सेवा दिनेहरुलाई निरुत्साहित नगर्न विवेकशील नेपाली दलले सरकारलाई आग्रह गरेको छ । हालै होम डेलिभरी सेवा दिनेहरुलाई प्रहरीले गरेको धरपकडको पनि विवेकशील नेपाली दलले विरोध गरेको छ ।

दलको तर्फबाट उपाध्यक्ष अजिता राईले शनिबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘संक्रमणबाट जोगिन आवश्यक पर्ने सबैजसो मापदण्ड पूरा गर्दै महामारीमा सर्वसाधारणलाई सिर्जनशील तवरबाट सेवा सञ्चालन, र महामारीका बखत धेर–थोर रोजगारी सिर्जना गरिरहेका ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई निरुत्साहित गर्ने कार्य कुनै सरकारी निकायबाट हुनु हुँदैन ।’

विवेकशील नेपाली दलले ई–कमर्स तथा अनलाइन डेलिभरी सेवालाई गरी खाने वातावरण सिर्जना गर्न मागसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?