+
+
Shares

चितवनमा कोरोना संक्रमित एक महिलाको मृत्यु

सुवास पण्डित सुवास पण्डित
२०७७ भदौ १३ गते १०:४८

१३ भदौ, चितवन । चितवनको चितवन मेडिकल कलेजमा कोरोना संक्रमित एक जना महिलाको मृत्यु भएको छ ।

बारा निजगढकी ४७ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । कोभिड आइसियूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती महिला मिर्गौला रोगबाट पीडित थिइन् । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

चितवनमा कोरोनाबाट नौ जनाको मृत्युु भएको छ । जसमा चितवन जिल्लाका चार जना, मकवानपुरका तीन जना, कैलाली र गोरखाका एक–एक जना छन् ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?