Comments Add Comment

चार दिनपछि प्रशासनले उठायो संक्रमितको शव

१३ भदौ, विराटनगर । कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक व्यक्तिको शव स्थानीय प्रशासनले चार दिनपछि उठाएको छ । न्यूरो अस्पताल विराटनगरमा मंगलबार राति मृत्यु भएका महोत्तरीका पुरुषको शव शनिबार दिउँसो स्थानीय प्रशासनले उठाएको हो ।

आफन्त र परिवारका सदस्य सम्पर्कमा नआउनुका साथै महोत्तरी प्रशासनले चासो नदिँदा मंगलबार राति ११ बजेतिर मृत्यु भएका ६१ वर्षीय पुरुषको शव अस्पतालमा नै अलपत्र परेको थियो ।

अस्पतालका निर्देशक रञ्जीतराज बस्नेतका अनुसार बिरामी भर्ना गर्दा कुरुवाका रुपमा छोरा अस्पताल आएका थिए । तर संक्रमितको मृत्युपछि छोरा पनि सम्पर्कविहीन बनेका थिए ।

मोरङ प्रशासनले समन्वय गरेर शनिबार शव महोत्तरी पठाइएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले महोत्तरीबाट लिनलाई कोही पनि नआएपछि विराटनगरबाटै एम्बुलेन्स खोजेर शव महोत्तरी पठाउने व्यवस्था मिलाएका हुन् । महोत्तरीमा प्रशासनले शवको अन्त्यष्टि गर्नेछ ।

वृद्धको उपचारका क्रममा लागेको अस्पतालको दुई लाख २५ हजार र फार्मेसीको ७० हजार रुपैयाँ छुट गरिएको जानकारी दिए ।

टाउकाको नसा सुकेर प्यारालाइसिस भएका उनलाई साउन ३१ गते अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको आंशकामा भदौ ३ गते स्वाब संकलन गरेर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment