Comments Add Comment

वीरगञ्जमा गरिएको परीक्षणमा ८० जनामा कोरोना पुष्टि

संक्रमितहरु ६ महिने शिशुदेखि ९७ वर्ष उमेर समूहका

१४ भदौ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिने शिशुदेखि ९७ वर्ष उमेर समूहका ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ४७ जना पर्साका, ३० जना बाराका तथा मोरङ र काठमाडौंका–१/१ जना छन् । पर्साको पोखरियामा मात्रै १२ जनामा संक्रमण देखिएको छ भने बाँकी वीरगञ्ज महानगरपालिकाका संक्रमित छन् ।

बाराको विश्रामपुर गाउँपालिकाका ३ जना, महागढीमाई नगरपालिकाका २ जना, जीतपुर सिमरा उपमहानगरपालिकाका–२ जना र कलैया उपमहानगरपालिकाका विभिन्न वडामा संक्रमित भेटिएका छन् । संक्रमितमध्ये २ जनाको उमेर खुलाइएको छैन ।

पर्सामा यसअघि ४ सय ६३ जना महिलासहित २ हजार १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ६ सय ४७ जना कोरोनामुक्त भई घर फर्किएका छन् । शनिबार मात्रै ६१ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

३६ जना महिलासहित १ सय ४ जना अस्पतालको आइसोलेसनमा उपचाररत छन् । १ सय ९९ जना महिलासहित ९ सय ३१ जना होम आइसोलेसनमा छन् ।

हालसम्म १९ हजार ४ सय ३८ स्वाब नमुना संकलन गरिएकोमा २ सय ४० वटाको रिपोर्ट आउन बाँकी छ ।

पर्सामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । ७० बेडको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा १९ जना महिला सहित ५० जना उपचाररत छन् । जसमध्ये ९ जना आइसियूमा छन् ।

१ सय २० बेड क्षमताको कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा १७ जना महिलासहित ५४ जना उपचारत छन् । जसमध्ये १९ जना आइसियूमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment