+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

निषेधाज्ञा हटाउन चितवनका उद्योगी व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते १५:१७

१४, भदौ, चितवन । चितवनका उद्योगी व्यवसायीहरुले निषेधाज्ञा हटाउन माग गरेका छन् ।

जिल्लाका विभिन्न उद्योगी व्यसायी सम्बद्ध संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई आइतबार ज्ञापन पत्र बुझाउँदै निषेधाज्ञा हटाउन माग गरेका हुन् ।

उनीहरूले निषेधाज्ञाका कारणले आर्थिक गतिविधि अवरुद्ध हुन गई आपूर्ति श्रृखला टुट्ने, मानिस रोगभन्दा पनि भोक र व्यवसायिक तनावले अति असामान्य अवस्था सिर्जना हुनसक्ने भएकोले भदौ १५ गते -भोलि सोमबार)देखि नै निषेधाज्ञा हटाउन माग गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले तेस्रोपटक भदौं १९ गतेसम्मका लागि एक साता लामो निषेधाज्ञा जारी गरेको छ ।

व्यवायीहरुले जिल्ला प्रशासन कार्यालय चितवनले उद्योगका कामदारलाई क्वारेन्टाइनमा राखेर उद्योग चलाउनुपर्ने भनेर गरेको व्यवस्थालाई हटाउनुपर्ने, निर्माणजन्य उद्योगहरु चलाउन पाउनुपर्ने, सामुदायिक तथा संस्थागत विद्यालयमा शैक्षिक सत्र खेर जान नदिन वैकल्पिक व्यवस्था गर्नुपर्ने, निजी विद्यालयलाई भर्ना गर्न र मासिक शुल्क उठाउन दिनुपर्ने, कक्षा ११ र १२ को परीक्षा विद्यालयले व्यवस्थापन गर्ने जिम्मा दिनुपर्ने सुझाव पनि दिएका छन् ।

सार्वजनिक यातायातहरु न्यून क्षमतामा मात्रै सञ्चालन गर्ने र अन्य क्षेत्र क्रमशः खोल्दै जानुपर्ने उनीहरुको सुझाव छ । बैंक तथा वित्तीय संस्थामा आधा-आधा कर्मचारीको सिफ्ट बनाएर बिहान ७ बजेबाट साँझ ६ बजेसम्म खोल्नुपर्ने, सेवाग्राहीलाई एमएमएस मार्फत जानकारी दिने प्रणालीको विकास गर्नुपर्ने व्यवासीहरुको भनाइ छ ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, नेपाल पोल्टी महासंघका अध्यक्ष गुणचन्द्र विस्ट, नेपाल हृयाचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेल, पोल्ट्री व्यवसायी मञ्च चितवनका अध्यक्ष ऋषिराम पौडेल, नेपाल चेम्बर अफ कर्मश चितवनका उपाध्यक्ष गोपाल भट्टराई, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँण्डेल, निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायणसिंह कुँवर, होटल व्यवसायी संघ चितवनका अध्यक्ष शर्मिला न्यौपाने, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई, नेपाल चिकित्सक संघ चितवन अध्यक्ष डा. लोकबहादुर सेढाई, रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, प्याब्सन चितवन अध्यक्ष टीकाराम चापागाई, हिसान चितवन अध्यक्ष भूपेन्द्र धिताल, क्षेत्रीय होटल संघ नेपालका प्रतिनिधी भेषराज दुवाडी तथा निर्माण व्यवसायी संघ चितवन उपाध्यक्ष केशव लामिछानेले स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर व्यवसाय चलाउन पाउनुपर्ने मागसहितको ध्यानार्कषणपत्र बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?