Comments Add Comment

नियमित उडानमा नेपाल आउन पाउने विदेशी को हुन् ?

१४ भदौ, काठमाडौं । सरकारले १६ भदौबाट लागू हुने गरी नियमित उडानको तालीका बनाएको छ । त्यसअनुसार दैनिक ५ सय जना नबढ्ने गरी विभिन्न मुलुकबाट नियमित दुई उडान हुनेछन् ।

यो उडानमा नेपाली नागरिकले तोकिएको प्रक्रिया पुरा गरी नेपाल आउन सक्नेछन् । तर, विदेशी पर्यटकले भने अहिले पनि उडानको अनुमति पाउने छैनन् । तर, सरकारले कुटनीतिक नियोग, विकास साझेदार कम्पनीका कर्मचारी तथा पदाधिकारीलाई नेपाल आउन दिने भएको छ ।

सोहीअनुसार सरकारले कुल ३३ वटा निकाय तथा संस्थाका कर्मचारी, प्रतिनिधि र उनीहरुका परिवारका सदस्यलाई भने नेपाल आगमनको अनुमति दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघ मातहतका डेढ दर्जन निकायका कर्मचारी तथा पदाधिकारी र उनीहरुका परिवारका सदस्यलाई नेपाल आउने अनुमति दिइएको छ ।

मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघ अन्तर्गत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), संयुक्त राष्ट्रसंघ शिक्षा, विज्ञान तथा सांस्कृतिक संगठन (यूनेस्को), संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (यूएनएफपीए) र खाद्य तथा कृषि संगठन (एफएओ)का कर्मचारीले प्रतिनिधिले नेपाल आउने अनुमति पाएका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्रसंघ बाल कोष, संयुक्त राष्ट्रसंघीय सूचना केन्द्र (यूएनआईसी), यूएन वुमन, संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन, विश्व बैंक मातहतका अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र पुनर्निर्माण तथा विकासका लागि अन्तर्राष्ट्रिय बैंक (आईबीआरडी)का कर्मचारी तथा प्रतिनिधिलाई समेत नेपाल आउन दिइने भएको छ ।

एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी), अन्तराष्ट्रिय कृषि विकास कोष, जर्मनी, जापान, कोरिया, अमेरिका, स्विट्जरल्याण्ड, नेदरल्याण्ड्सको अन्तर्राष्ट्रिय सहायता एजेन्सीका कर्मचारी र उनीहरुका परिवारलाई समेत नेपाल आउने अनुमति मिल्नेछ ।

यी निकायका कर्मचारी र प्रतिनिधिलाई सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगले भिसा उपलब्ध गराउने छ । नेपाल आउने सबैको पीसीआर अनिवार्य हुनुपर्छ । नेपाल आइसकेपछि भने विदेशीहरु ७ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment