
१४ भदौ, सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको एकै परिवारका ११ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको छ ।
नगरपालिकाको वडा नम्बर ९ घर भएका ती परिवारको ११ जना एकै पटक संक्रमित पाइएको नगरपालिकाका स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिए ।
यो परिवारका एक जना पुरुष गाडी चालक छन् । ३२ बर्षीय उनको गत भदौ ६ गते धरानमा संक्रमण पुष्टि भएपछि उनकै कन्ट्याक्ट ट्रेसिङका आधारमा उनको परिवारका २५ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
गत भदौ १० गते यी २५ जनाको स्वाब संकलन गरेर गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको कोरोना प्रयोगशालामा परीक्षण गर्दा ११ जना संक्रमित देखिएको स्वास्थ्य संयोजक यादवले बताए ।
अर्काे परिवारका पनि दुई जना संक्रमित
हनुमाननगर कंकालिनी नगरपालिकाकै वडा नम्बर ७ को एकै परिवारमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत ९ भदौमा या परिवारका ३४ बर्षीय युवक कोरोना संक्रमित भएका थिए ।
उनको कन्ट्याक्ट ट्रेसिङको आधारमा उनको परिवारको १० भदौमा स्वाब संकलन गर्दा थप दुई जना पोजेटिभ देखिएको स्वास्थ्य संयोजक यादवले बताए ।
उनका अनुसार संक्रमित युवकको परिवारका २७ बर्षीय र २१ बर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया 4