Comments Add Comment

वीरगञ्जमा गरिएको परीक्षणमा ४१ जनामा कोरोना, पर्सामा ३२ संक्रमित थपिए

१५ भदौ, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ६ वर्षदेखि ७० वर्ष उमेर समूहकालाई संक्रमण देखिएको हो । संक्रमितमध्ये ८ जना महिला छन् ।

अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार पर्साका ३२ जना, बाराका ४ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण देखिएको छ । एक जना ३० वर्षीय पुरुषको ठेगाना उल्लेख छैन । पर्साको ३२ जनामध्ये २१ जना वीरगञ्ज महानगरपालिकाका, ९ जना कालिकामाईका र २ जना जिराभवानीका हुन् ।

महानगरपालिकाको वडा नं ११ मा १२ जना, वडा नम्बर २० का २ जना, वडा नं २ का ३ जना, वडा नं ५, ६, १३ र १५ का १÷१ जनामा कोरोना देखिएको छ ।

कालिकामाई गाउँपालिका–१ मा ४ जना, वडा नम्बर ४ मा ४ जना, वडा नं ३ मा एक जना तथा जिराभवानी–२ का दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै बाराको कोल्हबी नगरपालिकाका ३ जना, महागढीमाई–११ का १ जनामा र सर्लाहीको रामनगर गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको इर्मजेन्सीमा भर्ना भएका ४ जनाको जीन एक्सपर्ट टेष्ट गरिकोमा ३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । ३८ देखि ६० वर्षका संक्रमितलाई थप उपचारका लागि कोभिड अस्पताल रिफर गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार साँझ सार्वजनिक गरेको रिपोर्ट अनुसार हालसम्म ४ सय ८२ जना महिलासहित २ हजार १ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ६ सय ८४ जना कोरोनामुक्त भई घर फर्किएका छन् भने ३६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

२७ जना महिलासहित ९८ जना आइसोलेसनमा र २ सय १८ जना महिलासहित ९ सय ८४ जना होम आइसोलेसनमा छन् । कोभिड अस्पतालको आइसियुूमा १९ जना उपचाररत छन् ।

१९ हजार ६ सय ६२ स्वाब संकलन गरिएकोमा १ सय ८४ जनाको मात्रै रिपोर्ट आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment