Comments Add Comment

वीरगञ्जमा पनि कोरोना संक्रमितको ‘प्लाज्मा थेरापी’बाट उपचार

१५ भदौ, वीरगञ्ज । वीरगञ्जमा पहिलो पटक कोरोना संक्रमितलाई ‘प्लाज्मा थेरापी’ विधिबाट उपचार गरिएको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका- ३ सुन्दरपुरका ३५ वर्षीय पुरुषलाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको हो ।

नारायणी अस्पतालमा उपचाररत उनलाई आइतबार राति संक्रमणमुक्त व्यक्तिको ‘प्लाज्मा’ दिइएको डाक्टर उदय नारायण सिंहले जानकारी दिए । उनलाई नारायणी अस्पतालकै स्टोर शाखा प्रमुख दामोदर अधिकारीले प्लाज्मा दिएका हुन् ।

कडा खालको कोभिड निमोनिया देखिएका उनलाई नारायणी अस्पतालको आईसीयूमा सीपीएपीको सपोर्टमा राखिएको छ । ७ दिनदेखि ज्वरो, ५ दिनदेखि खोकी, २ दिनदेखिको स्वास प्रस्वासको समस्या लिएर भदौं ३ गते उनी अस्पतालमा भर्ना भएका थिए । शंकास्पद कोभिडको लक्षण देखिएका कारण उनको पीसीआर परीक्षण गर्दा भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

विरामीको रगतमा पनि समस्या देखिएको डा सिंहले बताए । ‘प्लाज्मा राति दिएका छौं, स्वास्थ्यमा सुधार आएनआएको हेर्दैछौं’ उनले भने, ‘रगत परीक्षण गर्दा डीआईसी भएको रहेछ । रगत पातलो गर्ने औषधि पनि चलाएका छौं ।’

चिकित्सकका अनुसार डीआईसीलाई रगतको जटिल समस्याको रुपमा मानिन्छ । यसमा रगत बाक्लो हुने हुँदा शरीरका स-साना रक्तनलीहरुमा रगत प्रवाह बन्द हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment