
१५ भदौ, काठमाडौं । अष्ट्रेलियामा कोरोना भाइरस (कोभिड-१९)बाट सबैभन्दा प्रभावित बनेको भिक्टोरिया राज्यमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्यामा कमी आउन थालेको छ ।
सोमबार दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना भाइरसका ७३ नयाँ संक्रमित फेला परेका हुन् । एक दिनमा भेटिएका नयाँ संक्रमितको यो संख्या भिक्टोरिया राज्यको लागि जुलाई ३ यताकै कम हो ।
पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना भाइरसको कारण ४१ जनाको मृत्यु भएको छ । यसैबीच अष्ट्रेलियाको न्यु साउथ वेल्समा पनि कोरोना भाइरस समुदायमा फैलिएको भन्दै त्यसबाट बच्न अलर्ट जारी गरिएको छ ।
समग्र अष्ट्रेलियामा भने पछिल्लो २४ घण्टामा २४८ नयाँ संक्रमित थपिएका छन् । जसमध्ये २३८ स्थानीय संक्रमित फेला परेका छन् । अघिल्लो दिन २९९ नयाँ संक्रमित फेला परेका थिए ।
अष्ट्रेलियामा कोरोना भाइरसका समग्र संक्रमितको संख्या २४ हजार नाघिसकेको छ । साथै ६५२ जनाको मृत्यु भइसकेको छ ।
स्रोत : अलजाजिरा
प्रतिक्रिया 4