Comments Add Comment

म्यानचेस्टर युनाइटेडले भान डे बिकलाई ४० मिलियन पाउण्डमा अनुबन्ध गर्ने

१५ भदौ, काठमाडौं  । इंगलिसल प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेडले डच मिडफिल्डर डोनी भान डे बिकलाई ४० मिलयन पाउण्डमा अनुबन्ध गर्ने भएको छ । यस विषयमा म्यान यु  र  हाल भान डे बिक रहेका क्लब आयाक्सबीच सम्झौता भएको बीबीसीले जनाएको छ ।

युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर २३ वर्षीय नेदरल्याण्ड्सका अन्तर्राष्ट्रिय खेलाडी डे बिकको ठूलो प्रशंसक हुन् र सोल्सायरले उनको खेल धेरै पटक हेरेका छन् ।

ट्रान्सफरको बारे केही दिनमै निर्णय गर्ने तयारी छ ।

युनाइटेडले बिकसंग ५ वर्षको सम्झौता गर्ने तयारी गरेको छ । जसले बिकलाई नयाँ सिजन २०२०-२१ सिजनको पहिलो खेल खेल्ने अनुमति पाउनेछन् ।

बिकको अनुबन्ध म्यान यु मा सोल्सायरको पहिलो अनुबन्ध हुनेछ । अयाक्सले २०१९ मा च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुग्दा बिकले उत्कृष्ट प्रदर्शन गरेका थिए । अयाक्सले जर्मन क्लब एनट्राट फ्राङ्कफर्ट र युनियन बर्लिनसंग विकेन्डमा भएको मैत्रीपूर्ण खेल सहभागी जनाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment