Comments Add Comment

सरकारी सिल तोडेर पानी उद्योग सञ्चालन

१५ भदौ, काठमाडौं । गुणस्तरहीन भन्दै ६ महिनाअघि सिल गरिएको पानी उद्योगबाट निरन्तर उत्पादन र बिक्री भईरहेको खुलेको छ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको त्रिकोण बेभरेज नामक पानी उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लगाएको सिल तोडेर उत्पादन गरिरहेको भेटिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

पानी प्रशोधन र जारको गुणस्तरमा कैफियत देखिएपछि विभागले गत फागुनमा कम्पनीको आक्वा ९९ नामको पानी बिक्रीमा रोक लगाएको थियो । सोमबार काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण विभागले गरेकोे गरेको अनुगमनमा उद्योगले सिल नखुल्दै नी उत्पादन र बिक्रि गरिरहेको पाइएको हो ।

उद्योगका सञ्चालक सुरेन्द्र श्रेष्ठले अनुगमन समितिसँग अनुमति लिएरै उद्योग सञ्चालन गरेको दाबी गरेपनि कागज पत्र भने देखाउन नसकेको महानगरले जनाएको छ ।
उद्योग तत्कालका लागि बन्द गर्न निर्देशन दिएर उद्योगीलाई कागज पत्रसहित महानगरमा हाजिर हुन अनुगमन समितिले निर्देशन दिएको छ । यस्तै उद्योगले अनाधिकृत रुपमा जमिनमुनीबाट पानीे निकालीहरको अनुगमन समितिले जनाएको छ ।

अनुगमन टोलीले औद्योगिक क्षेत्रभित्रकै रहेको हनुमान फुडबाट उत्पादन हुने आँटा र मैदाको नमूना पनि परिक्षणका लागि लिएको छ । गत आइतबारदेखि महानगरको कृषि बिभागको नेतृत्वमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, पशु सेवा बिभाग लगायतको संयुक्त टोलीले बजार अनुगमन गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment