Comments Add Comment

कोरोना संक्रमणबाट गोरखाकी ६५ वर्षीया महिलाको मृत्यु

१५ भदौ, गोरखा । कोरोना संक्रमणबाट गोरखाको आरुघाट गाउँपालिका–४ कि ६५ बर्षीया महिलाको मृत्यु भएको छ ।

काठमाडौको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । उनको मृत्यु भदौ १३ गते राति ११ः४८ बजे भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि भदौ ४ गते उनी अस्पताल भर्ना भएकी थिइन् । भदौ १३ गते उनमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

ती महिलामा हाइपोथाइरोडिजम तथा मिर्गौलाको रोग देखिएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment