+
+

बुटवलमा पनि सञ्चालन भयो फुड बैंक

टोपराज शर्मा टोपराज शर्मा
२०७७ भदौ १६ गते ९:५०

१६ भदौ, बुटवल । लकडाउनका कारण काम गर्न नपाउँदा छाक टार्न समस्या परेका मजदुर र विपन्न वर्गलाई लक्षित गरी बुटवलमा पनि फुड बैंक सञ्चालनमा आएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा सक्रिय ‘घर घरमा हामी’ अभियानले बुटवल–११ देवीनगरमा फुड बैंक सञ्चालनमा ल्याएको हो । ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर’ नारासहित स्थापना गरिएको फुड बैंकमा दाताहरुबाट स्वेच्छिकरुपमा चामल, दाल, नुन, तेल, पीठो, चिउरा, चाउचाउ, सोयाबिन र तरकारी जस्ता खाद्यान्न संकलन गरी समस्यामा परेकालाई वितरण गरिने अभियानका संयोजक शिव डुम्रेले बताए ।

एक परिवारलाई ३ केजी चामल, १ केजी दाल, १ पोका तेल, एक पोका नुन, एक पोका सोयाबिन, चाउचाउ, चिउरा, सम्भव भएसम्म हरियो तरकारी तथा मास्क र सेनिटाइजर समेत वितरण गरिने डुम्रेले बताए । वडा कार्यालय, टोल विकास संस्था र स्थानीय क्लबहरुसँगको समन्वयमा खाद्यान्न लिनेहरुको अभिलेखीकरण गरी दुरुपयोग हुन नदिइने उनले बताए ।

फुड बैंक सञ्चालनमा देवीनगर अस्थायी प्रहरी चौकीले समेत सहयोग गरेको छ । दैनिक २५ देखि ४० परिवारलाई खाद्यान्न वितरण गर्ने लक्ष्य रहेको डुम्रेले बताए । बुटवलको देवीनगर बुटवल उपमहानगरकै सबैभन्दा धेरै ७० हजार बढी जनसंख्या भएको वडा भएको र यहाँ सुकुम्वासी, मजदुर तथा विपन्न वर्गको संख्या धेरै भएकाले देवीनगरमा फुड बैंक सञ्चालन गरिएको अभियन्ताको भनाइ छ ।

हाल लकडाउन अवधिभर सञ्चालन गरिने फुड बैंकलाई भविष्यमा पनि व्यवस्थित ढंगले स्थायीरुपमा सन्चालन गर्ने लक्ष्य रहेको अभियानले जनाएको छ । यसअघि रुपन्देहीको भैरहवामा मायादेवी च्यारिटेबल फाउण्डेसनले पनि फुड बैंक सञ्चालनमा ल्याएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?