Comments Add Comment

विराटनगरमा १४६ किलो गाँजा बरामद

१६ भदौ, विराटनगर । निषेधाज्ञाको समयमा भारततर्फ लैजादै गरेको गाजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका-१७ सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले १४६ किलो गाँजासहित ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो ।

सोमबार साँझ साढे ७ बजे को२त ६०५७ नम्बरको ट्याक्टरमा लैजाँदै गर्दा सशस्त्र प्रहरी बलको बोर्ड आउट पोस्ट (बीओपी) रानीको टोलीले गाँजासहित ट्याक्टर चालक सुनसरीको गढी गाउँपालिका-३ का ३४ वर्षीय सुरेशकुमार मेहतलाई नियन्त्रणमा लिएको हो ।

ट्याक्टरको टलीमा फल्स बटम बनाएर राखिएको गाँजा धरानबाट विराटनगर हुँदै रानी पुगेको थियो । सोमबार बिहान १० बजे विराटनगर भित्रिएको ट्याक्टर दिनभर बजार क्षेत्रमा राखेर साँझमा भारततर्फ लगिएको थियो ।

विराटनगर महानगरपालिका-१७ मा रहेको एकीकृत भन्सार जाँच चौकी क्षेत्रबाट ट्याक्टर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तीर्थ पौडेलले बताए । ट्याक्टर गाँजा र चालकलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको उनले बताए ।

सशस्त्र प्रहरीले ट्याक्टरमा ‘फल्स बटन’ बनाएर त्यहाँभित्र लुकाएको अवस्थामा एक सय २७ पोका बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment