Comments Add Comment

भारतमा पब्जीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध

१७ भदौ, काठमाडौं । भारतले पबजीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

मन्त्रालयले सार्वजनिक गरिएको विज्ञप्तिमा यी मोबाइल एपहरु भारतको सम्प्रभुता र अखण्डता, सुरक्षा र सार्वजनिक व्यवस्थाप्रति पूर्वाग्रही रहेको बताएको छ ।

अहिले भारतले प्रतिबन्ध लगाएका एपहरुमा धेरै एप चीनसँग जोडिएका छन् । भारतको सूचना तथा प्रविधि मन्त्रालयले यो कदमले भारतको करोडौं मोबाइल र इन्टरनेट प्रयोगकर्ताको लाभ हुने बताएको छ । साथै भारतको साइबर स्पेसको सुरक्षा र सम्प्रभुता सुनिश्चित गर्ने उद्देश्यका साथ यो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

पछिल्लो समय चीनसँग भारतको तनाव बढिरहेको समयमा भारतले यस्तो निर्णय गरेको हो । यसअघि पनि भारतले चीनसँग जोडिएका ५९ मोबाइल एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जसमा लोकपि्रय भिडियो एप टिकटक पनि सामेल थियो ।

स्रोत : लाइभमिन्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment