Comments Add Comment

गण्डकी प्रदेशमा थपिए ४० संक्रमित

१९ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थपिएका छन् । पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

डा. शर्माका अनुसार पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ मा ४ जना, वडा नं. ५ मा ५ जना, वडा नं. ४ मा २ जना, वडा नं. २ मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पूर्वी नवलपरासीकै देवचुली वडा नं. ७ मा १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा १६ जना संक्रमित फेला परेका छन् । पोखरा महानगरपालिकाको वडा नं. १५ मा कार्यरत ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी वडा नं. ७ का १ जना, वडा नं. १२ का १ जना, वडा नं. १० का ३ जना, वडा नं. २७ का २ जना तथा वडा नं. १४, ५ र ३० का १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

लम्जुङ जिल्लाको मध्यनेपाल–१ मा १ जना र राईनाश–९ मा २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी स्याङ्जाको कालीगण्डकीका १ जना, बाग्लुङको ताराखोला–३ का एक जना र तनहुँको म्याग्देका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment