+
+
Shares

फ्यानलाई प्रियंकाको जवाफ–‘आमा बन्नेबारे सोचेकी छैन’

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १९ गते १२:०२

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले गत बर्षको फागुणमा बिहे गरे । बिहेपश्चात उनीहरु लकडाउनमै छन् । लकडाउनको समयमा प्रियंका र आयुष्मानले दर्शकलाई खानाका विभिन्न परिकार बनाउन सिकाए । नयाँ घरमा रमाइरहेका आयुष्मान र प्रियंकाले समय मिलाएर दर्शकका प्रश्नको जवाफ पनि दिइरहेका छन् ।

बिहिबार दर्शकका प्रश्नको जवाफ दिने क्रममा प्रियंका र आयुष्मानले बिहेपछिको सम्बन्ध, बच्चाको योजना, नकारात्मक प्रतिक्रिया देखेपछि उत्पन्न हुने सोचाइको बिषयमा जवाफ दिए ।

एक फ्यानले प्रियंकालाई सोधे–‘लकडाउनमा आमा बन्नेबारे सोच्नु भएको छ कि छैन ?’ प्रियंकाले जवाफ दिदै भनिन्–‘म गर्भवती छैनँ । अहिले नै बच्चाको बिषयमा केही पनि सोचेका छैनौं । तर, म वाचा गर्छु जब हाम्रो सोच हुन्छ, म सबैलाई बताउनेछु ।’

नायिका कार्कीले आफूलाई नकारात्मक प्रतिक्रियाले खासै फरक नपर्ने पनि बताइन् । उनले भनिन्–‘पहिले पहिले त नकारात्मक प्रतिक्रिया आउँदा मैले पनि जवाफ फर्काएँ । कतिपटक त रोएकी पनि छु । तर, अहिले यसलाई मैले सामान्य रुपमा लिएको छु । मानिसलाई आफ्नो विचार राख्ने अधिकार हुन्छ । यसलाई कसरी लिने भन्ने हाम्रो कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?