Comments Add Comment

‘मेरो घरबाट फिल्म बन्यो भने पहिलो रोजाइमा पल’: आँचल शर्मा

नायिका आँचल शर्माले गतबर्षको फागुणमा बिहे गरिन् । आँचलको बिहे पार्टीमा चलचित्र क्षेत्रका धेरै कलाकर्मी उपस्थित भए । तर, नायक पल शाह आँचलको बिहे पार्टीको दिन मुक्तिनाथ मन्दिरमा थिए ।

पल पार्टीमा सहभागी नभएकोमा आँचलले चित्त दुखाइन् । आफ्नो चलचित्र क्षेत्रको एक मात्र मिल्ने साथी बिहेको पार्टीमा नआउँदा चित्त दुखेको आँचलले बताइन् । तर, हालैमात्र नायक पल शाहले भविष्यमा आँचलसँग काम गर्न सक्ने भन्दै उनको बिहेमा सहभागी हुन नपाएकोमा माफी मागे ।

पलले माफी मागेसँगै फेरि आँचल र पलले एकसाथ काम गर्ने वातावरण बनेको छ । यो बिषयमा आँचल भन्छिन्–‘मैले त कहिले पनि काम गर्दिन भनेकी नै छैन । यदि, मेरो घरबाट नै चलचित्र बन्यो भने पहिलो रोजाइमा त पलजी नै हुनुहुनेछ । यसैले, एकसाथ काम नगर्ने भन्न नै मिल्दैन ।’

आँचलले पल बिहेमा सहभागी नहुँदा चित्त दुखेपनि मन्दिरमा पुगेकाले सायद भाकल थियो होला भनेर आफूले नराम्रो नसोचेको बताइन् ।

आँचलका अनुसार, उनको बिहेपछि काम गर्ने माहोल बन्न सकेको थिएन । बिहे लगतै लकडाउन भएको र लकडाउन खुलेपछि आफूले ३ वटा मात्र म्यूजिक भिडियोमा काम गरेको आँचल बताउँछिन् । तर, कसैले अफर गरेको खण्डमा काम गर्न आफू तयार भएको उनको तर्क छ । उनले भनिन्–‘सायद, दोश्रो चरणको लकडाउन खुलेपछि हामीले एकसाथ काम गर्छौ होला ।’

आँचलले पल आफ्ना लागि हिजो र आज एउटै भएको बताइन् । भनिन्–‘पलजीको हिजो पनि मैले जसरी तारिफ गरेकी थिएँ, आज पनि त्यसरी नै गर्छु । उहाँ मेरो मनले खाएको मानिस हो । विचमा केही तलमाथि भयो होला । तर, उहाँप्रति मेरो सम्मान हिजो जस्तो थियो, आज पनि उस्तै छ ।’

पलले पनि आँचलको बिहेमा सहभागी हुन नपाएको भन्दै माफी मागेपछि उनीहरुको विग्रिएको सम्बन्धमा आइसब्रेक पनि भएको छ । दर्शकले आँचल र पलको जोडीलाई ‘आँप’ जोडीको रुपमा निकै मन पराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment