Comments Add Comment

कोरोनाबाट काठमाडौंका ४ सहित १३ जनाको मृत्यु पुष्टि

Photo Credit : फाइल फोटो

१९ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु पुष्टि भएको छ ।

काठमाडौंका तीन महिलासहित ४ जना, रुपन्देहीका ३ जनाको मृत्यु भएको छ । चितवन, मकवानपुर, धनुषा, बारा, पाल्पा र सुर्खेतका एकएक जनाको पनि मृत्यु भएको छ ।

  • गैरीगाउँ, काठमाडौंकी ८२ वर्षीयाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्वतालमा मृत्यु भएको छ । मिर्गौला रोगबाट पीडित उनलाई संक्रमण भएको बिहीबार मात्र पुष्टि भएको थियो ।
  • थानकोट, काठमाडौंकी ६७ वर्षीया महिलाको वीरेन्द्र अस्पतालमा मृत्यु भएको छ । उच्च रत्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनलाई १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंका ४१ वर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको छ । उनको साउन ३२ गतेदेखि अस्पतालमा उपचार भइरहेको थियो ।
  • बुधबार मृत्यु भएकी चन्द्रगिरी-९, काठमाडौंकी २२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ गते राति घरमै सुत्केरी भएकी उनी अकस्मात बेहोस भएको र प्रसुती अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो ।
  • सिद्धार्थनगर-७, रुपन्देहीकी ६४ वर्षीया महिलाको गौतमबुद्ध मुटु अस्पतालमा मृत्यु भएको छ । ४ भदौमा भर्ना भएकी उनलाई १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • सिद्धार्थनगर-८, रुपन्देहीका ४५ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । मिर्गौलाका विरामी उनी चार दिन अघि कोरोना संक्रमण पुष्टि भएपछि होम आाइसोलेसनमा बसेका थिए ।
  • बुटवल-८, रुपन्देहीका ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । ४ भदौमा अस्पताल भर्ना भएका उनी ९ दिनदेखि भेल्टिलेटरमा थिए ।
  • राप्ति-९, चितवनकी ३५ वर्षीया महिलाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । खोकी र श्वासप्रश्वासमा समस्या भएर १४ भदौमा अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको १७ गते पुष्टि भएको थियो । मिर्गौलामा समस्या भएर तीन महिनादेखि डायलासिस गराउँदै आएकी थिइन् ।
  • वीरेन्द्रनगर-४२, सुर्खेतका ४२ वर्षीय पुरुषको वीरेन्द्र अस्पतालमा मृत्यु भएको छ । क्यान्सर पीडित उनलाई बिहीबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।
  • बाराका ५५ वर्षीय पुरुषको सुमेरु अस्पतालमा मृत्यु भएको छ । १५ भदौमा अस्पताल भर्ना भएपछि उनलाई कोरोना पुष्टि भएको थियो ।
  • हेटौंडा-११, मकवानपुरकी ५२वर्षीया महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनिया भएर भदौ १० मा अस्पताल भर्ना भएकी उनलाई ११ गते संक्रमण पुष्टि भएको थियो ।
  • भदौ १७ गते मृत्यु भएका क्षिरेश्वरनाथ-३ धनुषामा कार्यरत ६५ वर्षीय भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
  • पाल्पाका ६३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment