Comments Add Comment

‘जीरो’ फ्लप भएपछि साहरुखले पढे ५० फिल्मको स्क्रिप्ट

सन् २०१८ मा रिलिज भएको चलचित्र ‘जीरो’ असफल भएपछि नायक साहरुख खानले नयाँ चलचित्र साइन गरेको खबर सार्वजनिक भएको छैन । हुनत, भारतीय मिडियामा साहरुखको नयाँ चलचित्रको बारेमा दैनिक बहस हुने गर्छ । तर, साहरुखले अहिलेसम्म नयाँ चलचित्रको बारेमा कुनै घोषणा गरेका छैनन् ।

तर, करिब २ बर्षमा नायक साहरुख खानको हातमा ५० वटा स्क्रिप्ट पुगेको भारतीय मिडियाले उल्लेख गरेका छन् । ५० भन्दा बढी स्क्रिप्ट पुगेतापनि साहरुखले धेरैमा मन बनाएनन् ।

यसमध्ये साहरुखलाई २० वटा चलचित्रको स्क्रिप्ट मन परेको थियो । जसमध्ये उनले ४ वटा स्क्रिप्टलाई भने फाइनल गरेको भारतीय मिडियामा उल्लेख छ ।

साहरुखले सिद्धार्थ आनन्दको ‘पठान’, राजकुमार हिरानीको कमेडी चलचित्र, एट्लीको एक्सन चलचित्र र राज एन्ड डीकेको एक्सन चलचित्रलाई फाइनल गरेको भारतीय मिडियामा उल्लेख छ ।

तर, यी चार चलचित्रको बिषयमा पनि साहरुखले केही बताएका छैनन् । नायक खानले राकेश शर्माको बायोपिक चलचित्र ‘स्यालुट’मा काम गर्ने पक्का भएको थियो । तर, चलचित्र ‘जिरो’ असफल भएपछि उनले यो चलचित्र छाडेका थिए । यसपछि, निर्देशक संजयलिला भन्सालीले साहरुखलाई एक बायोपिकका लागि अफर गरेका थिए । तर, साहरुखले यो कथामा पनि जोखिम देखेर काम गरेनन् ।

यस्तै, अली अब्बास जफरले साहरुखलाई ‘मिस्टर इन्डिया’का लागि अफर गरेका थिए । साहरुखले यो चलचित्रलाई पनि अस्विकार गरे । साहरुखसँग कविर खान, आदित्य चोपडा, करण जोहरले पनि कुरा गरेका थिए । तर, साहरुखले कुनै पनि चलचित्रमा मन बनाएनन् ।

उनै, कुनै पनि किसिमको जोखिम मोल्ने सोचमा छैनन् । भारतीय मिडियामा अनुसार,सेप्टेम्बर २७ मा यश चोपडाको जन्मदिन छ । यो दिन चलचित्र ‘पठान’को घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment