+
+
Shares

मनहरीमा १२५ युनिट रगत संकलन

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २१ गते १८:१५

२१ भदौ, हेटौंडा । निषेधाज्ञाका कारण रक्तदान गर्नेहरुको कमी हुँदा हेटौंडाका अस्पतालमा कमी भएको रगतको अभाव टरेको छ ।

एक साताअघि भरतपुरमा ८० युनिट रगत पठाएपछि अभाव झेलेको हेटौंडाको ब्लड बैकका लागि स्थानीय युवाको सहयोगमा रगत संकलन भएको छ ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा स्थानीय युवाको सक्रियतामा भएको रक्तदानमा १ सय २५ जनाले रगत दान गरेसँगै रगत अभाव टरेको रक्त सञ्चार केन्द्र हेटौंडाका प्रमुख टंक दाहालले बताए ।

पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा मदन भण्डारी स्पोर्टस् एकेडेमी र सामुदायिक रेडियो मनहरी एफएमले आयोजना गरेको रक्तदान कार्यक्रमपछि अहिलेको लागि अभाव टरेको हो ।

नेपालमा रेडक्रस स्थापनाको ५८ बर्ष पुगेको अवसर तथा कोरोना संक्रमणका बेला भएको रगत अभावलाई ध्यानमा राखी रक्तदान कार्यक्रम आयोजना भएको हो ।

थुप्रै युवा रक्तदानका लागि तयार भए पनि रगत राख्ने ब्यागको अभावमा १ सय २५ युनिटमात्र रगत संकलन भएको मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष पुकार सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?