+
+

ट्राफिक प्रहरीलाई कुट्नेमध्ये ६ जनालाई कोरोना, ५ को रिपोर्ट आउन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २२ गते १४:०४

२२ भदौ, ललितपुर । पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये थप ५ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै एउटै अभियोगका ६ जना थुनुवामा कोरोना पुष्टि भएको छ ।

पुल्चोकमा गत बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो । त्यस क्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरे निर्घात कुटिएका थिए ।

कुटपीटको आरोपमा पक्राउ परेकामध्ये एकजनालाई शनिबार कोरोना भाइरसको संक्रमण थपिएको थियो । त्यसयता थप ५ जनालाई पनि कोरोना पोजेटिभ देखिएको ललितपुर प्रहरी परिसर, जाउलाखेलले जनाएको छ । अझै ५ जनाको रिपोर्ट आउन बाँकी छ ।

ललितपुर प्रहरीका एक अधिकृतका अनुसार हाल पक्राउ परेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राख्ने गरिएको छ । झडपमा सहभागी प्रहरीसहित १८ जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

घटनापछि प्रशासन र स्थानीयबीच भएको छलफलले सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर आइतबार रथ तान्ने निर्णय गरेको थियो । जसअनुसार शनिबार क्षमा पूजा र आइतबार रथ  तानिएको छ ।

पक्राउ परेका व्यक्तिमाथि अनुसन्धानका लागि प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?