Comments Add Comment

नियम तोडेपछि फोडेन र ग्रीनउड इंग्ल्याण्डको टिमबाट बाहिर

२२ भदौ काठमाडौं । कोभिड-१९ को नियम तोडेपछि फिल पोडेन र मासोन ग्रीनउडलाई इंग्ल्याण्डको राष्ट्रिय फुटबल टिमबाट हटाइएको छ ।

युइएफए नेसन लिग अन्तर्गत आइसल्याण्ड भ्रमणको क्रममा टिम रहेको होटलमा युवती ल्याएको भन्दै दुवैलाई कारवाही गर्दै टिमबाट निकालिएको हो ।

दुवैले कडा क्वारेन्टिन नियम तोडेको आरोप छ । शनिबार भएको आइसल्याण्डविरुद्धको खेलबाट दुवैले राष्ट्रिय टिममा डेब्यु गरेका थिए । २० वर्षका फोडेनले पहिलो रोजाइमा खेल्दा ग्रीनउडले वैकल्पिक खेलाडीको रुपमा खेल्ने अवसर पाएका थिए ।

कोभिड-१९ को महामारीका कारण खेलाडीहरुलाई कडा नियममा राखे पनि दुवैले होटलमा युवती बोलाएर नियम तोडेको भन्दै अनुशासनको कारबाही गरिएको हो ।

इङ्ल्याण्डले नेसन लिग अन्तर्गत मंगलबार राति डेनमार्कसंग खेल्दैछ । तर दुवै खेलाडी इङ्ल्याण्डको टिममा उपलब्ध हुने छैनन् । उनीहरु सोमबारको अभ्यासमा अनुपस्थित रहेका थिए ।

प्रशिक्षक ग्यारेथ साउथगेटले दुवै खेलाडीले माफी मागेको बताएका छन् । तर उनीहरु सोमबार बेलुका टिमसंग डेनमार्क भने जाने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment