
२४ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा सरकारले भ्रष्टाचार बाहेक केही काम नगरेको टिप्पणी गरेका छन् ।
१०७ औं बीपी जयन्तीको अवसरमा बुधबार आयोजित भर्चुअल कार्यक्रममा देउवाले कोरोना संक्रमण डरलाग्दो गरी बढेको बताए । उनले भने, सरकारले कुनै चिन्ता गरेको छैन । कोरोना नाममा पैसा उठाउने, भ्रष्टाचार गर्ने बाहेक केही काम गरेको छैन ।’
सरकारले अझै पीसीआर परीक्षण नबढाएको, आइसोलेसन सेन्टरहरु नबढाएकमो उनको आरोप छ ।
नेपाललाई कोरोनामुक्त बनाउने अभियानको कांग्रेसले नेतृत्व गर्नुपर्ने भन्दै उनले आफू पनि मास्क लगाउन र सामाजिक दुरी कायम गर्न, अरुलाई पनि सुसूचित गर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4