
२७ भदौ, चितवन । चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार राति भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा ८७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।
संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् ।
कालिका नगरपालिकाका ६ पुरुष र २ महिला गरी ८ जना छन् ।
खैरहनीका २ महिला र २ पुरुष गरी ४ जना तथा रत्ननगरका २ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै चितवनमा संक्रमितको संख्या १२ सय पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4