
२७ भदौ, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मोरङमा थप एक जनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका- ८ का ६९ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा मृत्यु भएको हो । उनलाई कोरोना संक्रमण भएको २२ भदौमा पुष्टि भएको थियो ।
उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनमा सुगर र प्रेसरसम्बन्धी दिर्घरोग समेत थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4