
सन् २०१८ मा विश्वभर ‘मि टू’ अभियान चल्यो । सो समयमा आफूमाथि भएको यौन उत्पिडनको घटनालाई धेरै कलाकारले बाहिर ल्याए । बलिउडका केही नाम चलेका कलाकारमाथि महिला कलाकारहरुले यौन उत्पिडनको आरोप लगाएका थिए ।
सो समयमा बलिउड निर्देशक साजिद खानमाथि ४ जना मोडलले यौन उत्पिडनको आरोप लगाएका थिए । अब, मोडल डिम्पल पालले साजिदमाथि यौन उत्पिडनको आरोप लगाएकी छिन् । दुई बर्ष अगाडि ‘मि टू’ अभियान चलेको समयमा आफूले मुख खोल्न नसकेको डिम्पलको तर्क छ । उनले, बलिउडकर्मीको परिवार भन्दा बाहिरबाट आउँदा परिवार पाल्नका लागि आफैले काम गर्नुपर्ने भएकाले पनि हिम्मत नआउने उनको भनाई छ ।
डिम्पलका अनुसार, साजिदले उनलाई गलत तरिकाले छोएका थिए । यस्तै, चलचित्र ‘हाउसफूल’मा काम दिन्छु भन्दै आफ्नो अगाडि सबै कपडा खोल्न भनेका थिए । डिम्पलले १७ बर्षको उमेरमा आफूलाई साजिदले यौन हिंसा गरेको आरोप लगाएकी छिन् ।
प्रतिक्रिया 4