
साजन राइको आवाजमा समावेश ‘गाउँ घरै रमाइलो’ बोलको गीतको म्यूजिक भिडियो रिलिज भएको छ । रमेश कार्कीको शब्द रहेको गीतमा साजनकै संगीत छ ।
यो गीतको भिडियोमा किरण चाम्लिङ राई र भूपेन्द्र तुम्बाहाम्पेको निर्देशन छ । भिडियोमा निर्देशकले माटो र माटोले जोडिदिएको सम्बन्ध नै राम्रो हो भनेर देखाउन खोजेका छन् । भिडियोमा गौरव पहारी र मेनुका प्रधानको जोडीलाई देख्न सकिन्छ ।
आफ्नै गाउँमा दुःख गरेर जीवन चलाएको एक जोडीको कथा भिडियोमा छ । भूपेन्द्रकै छायांकन रहेको गीतमा अनिल रानाको सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4