Comments Add Comment

कर्णालीमा १० जना संक्रमित थपिए, ११० डिस्चार्ज

२८ भदौ, सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप १० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका चार जिल्ला र अन्य प्रदेशका एक जिल्लाका व्यक्तिहरूमा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आइतबार १० जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका पाँच जना, जुम्लाका दुई जना, दैलेख, रुकुम पश्चिम र सिराहाका एक÷एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २७८६ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार आइतबार मात्रै प्रदेशमा थप ११० जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २५०५ पुगेको छ ।

आइतबार सम्मा प्रदेशभर २७५ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जनाए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment